१. अक्षर : अक्षर भनेको ध्वन्यात्मक वा
उच्चार्य भाषिक एकाइ हो,
जुन वर्ण वा वर्णहरुको समूह मिलेर बन्दछ । भाषाको ध्वनि
व्यवस्थाअनुसार वर्णभन्दा माथिल्लो
भाषिक एकाइ नै अक्षर हो । अक्षर सासको एक भड्कामा उच्चरित हुने ध्वनि अथवा वर्ण वा
वर्णहरुको समूह हो । स्वर वर्णहरु ध्वनि,
वर्ण र अक्षर तीनै रुप हुन् भने न्यञ्जन वर्णहरु ध्वनि र वर्ण
मात्रै हुन्, अक्षर होइनन् । न्यञ्जन वर्णहरु स्वर वर्णको
सहयोगविना अक्षर बन्न सक्दैनन् । स्वर वर्णविना न्यञ्जन वर्णले मात्र अक्षर बन्न
सक्दैन । नेपाली अक्षरमा एउटा स्वर वर्ण हुनैपर्छ । अक्षर एक वा एकभन्दा धेरै
वर्णहरु मिलेर बन्दछन् । स्वर वर्णहरु स्वतन्त्र एवं अनाश्रित भएकाले आक्षरिक वर्ण
हुन् भने न्यञ्जन वर्णहरु स्वर वर्णविना अक्षर बन्न नसक्ने र स्वरसँग आश्रित हुने
भएकाले अनाक्षरिक वर्ण हुन् । जस्तैः
क) वर्ण
: स्वर वर्णहरू - अ,
आ, इ, ई..
व्यञ्जन वर्णहरू - क, ख, ग, घ ....
ख. अक्षर
: स्वर वर्णहरू - अ,
आ, इ, ई.......
व्यञ्जन वर्णहरू - क (क् + अ), ख (ख् + अ),
ग (ग् + अ) ............
२. अक्षरका प्रकार : अन्त्यका आधारमा अक्षर दुई
प्रकारका हुन्छन् : १. वद्वाक्षर २. मुक्ताक्षर
१. वद्वाक्षर : व्यञ्जन वर्णमा टुङ्गिने अक्षरलाई
नै बद्धाक्षर भनिन्छ । जस्तै :
शब्द अक्षर संरचना अक्षर सङ्ख्या
एक /एक/ स्वर+न्यञ्जन
घर
/घ्अ र्/ व्यञ्जन+स्वर+व्यञ्जन
क्रोध /
ओध्/ न्यञ्जन+व्यञ्जन+स्वर+व्यञ्जन
स्याल
/स्य्आ.ल्/ व्यञ्जन+व्यञ्जन+स्वर+न्यञ्जन
फ्ल्याट /फल्य्आ
ट्/ व्यञ्जन+व्यञ्जन+व्यञ्जन+स्वर+व्यञ्जन
न्याङ्क /व्य्आ
फ् / न्यञ्जन+न्यञ्जन+स्वर+न्यञ्जन+न्यञ्जन
फर्म /फ्अ/
न्यञ्जन+स्वर+न्यञ्जन+व्यञ्जन
: केही आगन्तुक शब्दमा भने पछिल्लो भागमा दुईओटा
व्यञ्जनसमेत भएको पाइन्छ।
२. मुक्ताक्षर : स्वर वर्णमा टुङ्गिने अक्षरलाई नै
मुक्ताक्षर भनिन्छ । जस्तै :
शब्द अक्षर संरचना अक्षर सङ्ख्या
आ /आ/ स्वर
जा /ज्आ/ व्यञ्जन+स्वर
त्यो /त्
य् ओ/ व्यञ्जन+व्यञ्जन+स्वर
स्त्री /स्
त् र् इ/ व्यञ्जन+यञ्जन+व्यञ्जन+स्वर
क्या क्
य् आ व्यञ्जन
व्यञ्जन+स्वर
श्री स्
र् इ व्यञ्जन+न्यञ्जन+स्वर
स्वाँ स्
व् आँ व्यञ्जन+व्यञ्जन+स्वर
अक्षर संरचना : कुनै पनि शब्दमा रहेका अक्षरभित्र
के कति स्वर र व्यञ्जन वर्णहरु कुन क्रममा कसरी आएका छन् भनी देखाउनु नै
अक्षरसंरचना हो । शब्दभित्र रहेका अक्षरलाई वर्णमा टुक्याउने कार्य नै अक्षर
संरचना हो । शब्दभित्र रहेका अक्षरहरु पत्ता लगाई सीमा निर्धारण गरी अक्षर सङ्ख्या
तोक्ने कार्यलाई अक्षरीकरण भनिन्छ । शब्दमा कति अक्षर छन् भनी पहिल्याउनका लागि
शब्दको लेखाइलाई आधार नबनाई स्तरीय बोलाइलाई नै प्रमुख आधार मानिन्छ । शब्दमा
जतिओटा स्वर वर्णहरु आउँछन् त्यति नै अक्षरसङ्ख्या हुने गर्दछन् । नेपाली अक्षर
संरचनामा स्वर वर्णभन्दा अगाडि तीनओटासम्म न्यञ्जन वर्णहरु आउन सक्छन् भने स्वर
वर्णभन्दा पछाडि एउटासम्म न्यञ्जन वर्ण आउने गर्दछ । कुनै कुनै आगन्तुक शब्दमा भने
स्वर वर्णभन्दा पछाडि दुईओटा न्यञ्जन आएको पनि पाइन्छ । जस्तै : ।
शब्द
अक्षर संरचना अक्षर संरचनाको
तरिका अक्षर सङ्ख्या
ए /ए/ स्वर
बा /ब्आ/ व्यञ्जन
स्वर
त्यो / त् य् ओ/ व्यञ्जन व्यञ्जन+स्वर
स्त्री /स् त् र् इ/ व्यञ्जन
व्यञ्जन व्यञ्जन+स्वर
फ्ल्याट /फ् ल् य् आट्/ व्यञ्जन+व्यञ्जन
व्यञ्जन स्वर व्यञ्जन
क्रोध /क् र् ओध्/ व्यञ्जन
व्यञ्जन+स्वर+व्यञ्जन
गीत / ग्इत्/ व्यञ्जन+स्वर+व्यञ्जन
आँप /ऑप्/ स्वर
व्यञ्जन
अक्षरीकरण गर्दा ध्यान
दिनुपर्ने कुराहरु
१. शब्दलाई अक्षर खण्डीकरण गर्न थोप्लो ( . )
चिहनको प्रयोग गरिन्छ ।
वर्णलाई खण्डीकरण गर्दा जोड ( + ) चिहन प्रयोग गरिन्छ । अक्षर संरचना देखाउँदा
दोहोरो तिर्यक (/ / ) चिहृनभित्र राखिन्छ । यसरी लेख्दा स्वरव्यञ्जन वर्णलाई
छुट्याएर वा नछुट्याई दुवै तरिकाले देखाउन सकिन्छ । जस्तै :
शब्द
अक्षर संरचना अक्षर संरचनाको तरिका अक्षर
सङ्ख्या स्याल
स्याल् स्याल् (/ स्य्आ ल् / )
कलम कलम्
क.
लम् (/ अ. ल्अ म् / )
नेपाली नेपालि
ने. पा. लि (/ न्ए. प्आ. ल्इ / )
नेपाली नेपालि
ने. पा. लि (/न्+ए. प्+आ. ल+इ /)
२. प्रत्येक अक्षरलाई स्वर र व्यञ्जन वर्णमा
टुक्र्याउनु पर्दछ । जस्तैः
शब्द अक्षर संरचना अक्षर संरचनाको तरिका अक्षर सङ्ख्या
खरायो
खरायो ख.रा.यो । / ख्अ.आ.य्ओ
कलम कलम्
क.लम् (/ क्अ. ल्अम्
/ )
नेपाल नेपाल्
नेपाल् (/ न्ए.प्आल्
/ )
नेपाली नेपालि
ने.पा.लि (/ न्ए. आ.ल्इ / )
३. अक्षर संरचनामा कथ्यअनुसार दीर्घ ई
र ऊ कारलाई हस्व इ र उ लेखिन्छ । जस्तै
:
शब्द (लेख्य रूप) कथ्य अक्षर संरचना अक्षर
सङ्ख्या हिमाली हिमालि हि.मा.लि (/ हइ.म्आ.ल्इ / )
छिमेकी छिमेकि छि.मे.कि (/ छ्इ.म्ए.कइ / )
कीर्ति किर्ति किर्.ति (/ कइर्.त्इ / )
कूल
कुल्
कुल् (/ क्उल्/ )
मूल
मुल
मुल् (/ म्उल्/ )
४. ऐ लाई अइ र औ लाई अउ जस्ता द्विस्वरका रुपमा
उच्चरित हुने अक्षरलाई एकाक्षरी मान्नुपर्छ । जस्तै :
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सख्या
ऐन अइन्
अइन् (/ अइन् / )
ऐना अइना अइ.ना (/ अइ.न्आ / )
कौवा कउवा कउ.वा (/ अउ.व्आ
/ )
टौवा टउवा टउ.वा (/
ट्अउ.व्आ / )
५. श र ष को सट्टामा स लेख्ने गर्नुपर्छ । जस्तै :
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
शब्द सब्द सब्द (/सअब्.द्अ / )
शेष सेस् सेस् (/ स्एस् / )
शारीरिक सारिरिक्
सा.रि.रिक् (/ स्आ.ई.ईक्
/ )
आशिष आसिस् आ.सिस्
(/ आ.सइस् / )
६. ऋ को सट्टामा रि लेख्ने गर्नुपर्छ । जस्तै :
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
ऋण रिन् रिन् (/ ईन् / )
ऋषि रिसि
रि. सि (/ र् ई.
स्इ / )
ऋतु रितु
रि. तु (/र् ई.
त्उ / )
ऋग्वेद रिग्बेद्
रिग्. बेद् ( /र् इग्. ब्एद्/ )
७. शिरबिन्दुलाई ङ्, न, म मध्ये जस्तो उच्चारण हुन्छ त्यस्तै लेख्ने गर्नुपर्छ । जस्तै :
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
कंश कङ्स
कङ्. स (/ अङ् . स्अ
/ )
संसार सन्सार
सन्. सार् (/ स्अन् . स्आर् / )
संवाद सम्बाद् सम्. बाद् (/ स्अम् . ब्आद् / )
सम्मान सम्मान्
सम्. मान् (/ स्अम् . म्आन्/ ) |
८. चन्द्रबिन्दुलाई स्वरसँग जोडेर लेख्ने
गर्नुपर्छ । जस्तै :
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
हाँस हाँस्
हाँस् (/ ह्आँस् / )
काँतर काँतर्
काँ. तर् (/ क्आँ. त्अर्
/ )
काँकरी काँकरि
काँ. क. रि (/ क्आँ. क्अ. र् ई /
)
आँगनी आँगनि आँ.
ग. नि (/आँ. ग्अ. न्इ / )
९. व लाई उच्चारणअनुसार ब र व जे बोलिन्छ त्यही
लेख्ने गर्नुपर्छ । जस्तैः
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
वन बन् बन् ( / ब्अन् / )
विद्यालय बिद्
द् यालय बिद्.द् या.ल.य
(/ब्इद्.द्यआ.ल्य.य्अ/)
वकिल वकिल्
व.किल् (/ व्अ. किल् / )
विशेष बिसेस् बि.सेस्
( / ब्इ.स्एस् / )
१०. ण लाई उच्चारणअनुसार कतै न र कतै
ड लेखिन्छ । जस्तैः
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
खण्ड खन्ड खन्.ड ( / ख्अन्. ड्अ / )
गणना गँडना गॅ.ड.ना
(/गअँ. ड्अ. नआ/)
गणतन्त्र गँडतन्त्र गँ.ड.तन्.त्र
(/ अँ. ड्अ. तन्.त् र् अ/)
घण्टी घन्टि घन्.टि ( / घ्अन्. ट्इ / )
११. ञ लाई उच्चारणअनुसार कतै न लेखिन्छ । जस्तैः
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
पञ्च पन्च
पन्.च ( / प्अन्.
च्अ / )
पञ्चामृत पन्चाम्रित
पन्.चाम्.रित्
(/पअन्.च्आम्.इत्/)
पञ्चायत पन्चायत्
पन्.चा.यत् (/
प्अन्.च्आ.य्अत् /)
सञ्चय सन्चय
सन्.च.य ( / स्अन्.च्अ.य्अ / ) |
१२. ज्ञ लाई उच्चारणअनुसार ग्यँ लेख्नुपर्छ ।
जस्तैः
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
विज्ञ बिग्य
बि. ग्यँ
( / बइ. ग् य्अँ / )
विज्ञान बिग्याँन् बि.ग्याँन्
(/ ब्इ.ग्यआँन् /)
आज्ञाकारी आग्याँकारि
आ.ग्याँ.का.रि (/
आ.ग्यआँ.आई / )
वैज्ञानिक बैग्याँनिक बै.ग्याँ.निक ( /
ब्अइ.ग्यआँ.न्इक् /)।
१३. य अगाडि आउने र कहिले अगाडि त कहिले पछाडि
जान्छ । जस्तैः
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
कार्य कार्
य कार् य ( / क्आर्. य्अ / )
गर्यो गर्
यो ग. र् यो (/ ग्अ.
र् य्ओ /)
गर्छ गर् छ गर्.
छ (/ ग्अर्. छ्अ / )
१४. दुईओटा स्वरहरु अघिपछि सँगै आएर त्यसपछि
व्यञ्जन वर्णले शब्द समापन गरेमा दुई स्वरलाई अलगअलग अक्षर संरचना गर्नुपर्दछ।
जस्तै :
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
आउछन् आउन्
आ. उन् ( / आ. उन् /
)
खाऊन् खाउन्
खा. उन् (/ खुआ.उन्/)
आइस् आइस्
आ. इस् (/ आ. इस् / )
साइत साइत्
सा. इत् (/ स्आ. इत्
/ )
१५. दुईओटा स्वरहरु अघिपछि सँगै आएपछि त्यसको
पछाडि पनि व्यञ्जन र स्वर वर्णले शब्द वनेको खण्डमा अगाडिको द्विस्वरलाई एक अक्षर
मानी पछाडिको अर्को अक्षरमा राखिन्छ । जस्तैः
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
घुमाउरो घुमाउरो घु.माउ.रो ( / घ्उ.म्आउ.ओ / )
दाउरा दाउरा
दाउ. रा (/ दाउ.रा/)
माउरी माउरी
माउ.री (/ म्आउ.ई / )
औषधी अउसधि
अउ.स.धि (/ अउ.स्अ.धइ /
)
१६. य र ह वर्णहरु प्रायः हलन्त उच्चारण हुँदैनन्
। जस्तै :
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
भय भय
भ. य (/ भ्अ. य्अ
/ )
विजय बिजय
बि. ज. य (/ ब्इ.
ज्अ. य्अ / )
कलह कलह
क. ल. ह ( / क्अ.ल्अ.ह्अ/
)
बह बह ब. ह (/ ब्अ. हअ / )
१७. य, र, ल,
व वर्णहरुको अगाडि आउने व्यञ्जन वर्णहरु प्रायः दुईपल्ट उच्चारण सुनिने
हुँदा दुईपल्ट नै लेखिन्छ । जस्तै :
शब्द (लेख्य रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
अन्याय अन्न्याय
अन्.न्या.य (/ अन्.
न्यआ. य्अ / )
पत्र पत्त्र
पत्.त्र (/ प्अत्.
त्र्अ / )
शुक्ल सुक्क्ल
सुक्.क्ल ( / स् उक्. क्ल्ब/ )
विश्वास बिस्स्वास
बिस्.स्वास् (/ ब्इस्.
स्वआस् / )
शब्द (लेख्य रूप) अक्षर संरचना अक्षर सङ्ख्या
स्त्री स्त्रि (/ स् त् र् इ/ ) १
त्रास त्रास् (/ त् र् आस् / ) १
काम काम्
(/ क्आम् / ) १
प्रेम प्रेम् (/ प् र् एम् / ) १
फल फल्
(/ फअल् / ) १
क्लेस क्लेस्
(/ क् ल् एस् / ) १
दवाङ दवाङ् (/ दवआङ् / ) १
प्वाल प्वाल् (/ प्वआल् / ) १
पानी पा. नि (/ प्आ. न्इ / ) २
समाज स. माज् (/ स्अ. म्आ ज / ) २
सरकार सर्. कार् (/ स्अर्. आर् / ) २
अवसर अब्. सर् (/ अब्. स्अर् / ) २
आहृवान आउ. हृवान् (/ आउ. आन् / ) २
पत्र्याक फत्. त्र्याक् (/ फअत्. त् र् य्आक् / ) २
विश्वास बिस्. स्वास् (/ ब्इस्. स्वआस् / ) २
नाङ्लो नाङ्. ङ्लो (/ न्आङ्. ङ्ल्ओ / ) २
एक्काइस एक. काइस् (/ एक्. क्आइस् / ) २
अमला अ. म. ला (/ अ. अ. ल्आ / ) ३
विद्यार्थी बिद्. द्यार्. थि ( / ब्इद्. य॑आर्. थ्इ / ) ३
भनाभन भ. ना. भन् (/ भ्अ. न्आ. भ्अन् / ) ३
माध्यमिक माद. य. मिक् ( / म्आद्. य्. म्इक् / ) ३
औद्योगिक अउद्.द्यो.गिक
( / अउद्. य्ओ. ग्इक् / ) ३
विशेषण बि.से.सँड्
(/ ब्इ. स्ए. अँड् / ) ३
बहिष्कार ब.
हिस्. कार् ( / ब्अ. ह्इस्. आर् / ) ३
प्रतीक्षा प्र. तिक. छया (/ प् र् अ. त्इक्. छय्आ / ) ३
अध्ययन अद्. ध्य. यन् ( / अद्. ध् य्अ . य्अन् /
) ३
मुनामदन मु. ना. म. दन् ( / म्उ. न्आ. म्अ. द्अन् /)
४
उपभोग्य उ. प. भोग्. य ( / उ. अ. भोग्. यस / ) ४
वास्तविकता बास्. त. बिक्. ता ( / ब्आस्. त्अ. ब्इक्.
त्आ/ ) ४
आज्ञाकारी आग. ग्याँ. का. रि ( / आग्. ग्यआँ. आ. र्इ /
) ४
केन्द्रीकरण केन्. दि. क. रन् ( / कएन्. इ. स. अन् / ) ४
नेपालगञ्ज ने. पाल्. गन्. ज (/ न्ए. प्आल्. ग्अन्. अ
/ ) ४
विद्यालय बिद्. द्या. ल. य (/ ब्इद्. द्आ. ल्अ. य्अ
/ ) ४
शोकसमाचार सोक्. स. मा. चार् ( / स्ओक्. स्व. मा. चार् / ) ४
भादगाउँलेको भाद्. गाउँ. ले. को ( / भ्आद्. गआउँ. ल्ए. ओ /
) ४
नगरपालिका
न. गर्. पा. लि. का (/ न्अ.
ग्अर्. प्आ. लइ. आ / ) ५
संवैधानिकता सम्. बै. धा. निक. ता (/ स्अम्. ब्अइ. ध्आ. न्इक्. त्आ /
) ५
विश्लेषणात्मक
बिस्. ले. सँ. डात्. मक् (/
ब्इस्. ल्ए. स्ॉ. ड्आत्. म्अक्/) ५
गुरुत्वाकर्षण गु.
रुत्. त्वा. कर्. सँड् (/ ग्उ. उत्. त्व्आ . क्अर्. अँड् / ) ५
न्यायपालिका न्या.
य. पा. लि. का (/ न् य्आ. य्अ. प्आ. लइ. क्आ / ) ५
सामाजिकीकरण सा. मा. जि. कि. क. रन् (/ स्आ. म्आ. ज्इ. कइ. अ. अन् / ) ६
औद्योगिकीकरण अउ. यो. गि. कि. क. रन् (/अउ. बूओ. ग्इ. कइ. अ. अन्/) ६
सर्वसत्तावादी सर्. ब. सत्. ता. बा. दि
/ स्अर्. ब्अ. स्अत्. त्आ. ब्आ. दुइ/) ६
महान्यायाधिवक्ता म.
हा. न्या. या. धि. बक्. ता
(/मअ. आ. न्या. युआ. इ. ब्अक्. त्आ/) ७
सर्वसत्तासम्पन्न सर.
ब. सत. ता. सम्. पन्. न
(/ स्अर्. ब्अ. स्अत्. त्आ. स्अम्. प्अन्. न्अ /) ७
सार्वभौमसत्तासम्पन्न सार्. ब. भउम्. सत्.
ता. सम्. पन्. न
(/सआर. बअ. भउम्. सूअत्. तुआ. सुअम्. पअन्. नअ/) ८
उपमहानगरपालिका उ. प. म.
हा. न. गर्. पा. लि. का
(/
उ. प्अ. म्अ. हआ. अ. ग्अर्. प्आ. ल्इ. आ / ) ९
सार्वभौमसत्तासम्पन्नको सार्.ब. भउम्. सत्. ता. सम्. पन्.
न. को
(/सआर. बअ. भउम. सअत. तआ. सअम. पअन. नअ. कओ/) १०