लेखक परिचय
नामः प्रा. डा. वासुदेव त्रिपाठी
जन्मस्थानः गण्डकी अञ्चल, तनहुँ जिल्ला, भानु नगरपालिका, वडा नं. १. भानुनगर ।।
जन्ममितिः वि. स. साल चैत्र १३ गते ।
मातापिताः माता गोमा त्रिपाठी र पिता
प्रेमदत्त त्रिपाठी
शिक्षाः एम. ए. (नेपाली र अङग्रेजी
विषयमा ),
पि. एच. डी । नेपाली विषयमा पहिलो विद्यावारिधि ।
सेवाः प्राध्यापन, नेपाली केन्द्रीय विभाग, त्रि. वि. कीर्तिपुर
प्राज्ञिक पद: उपकुलपति : नेपाल
राजकीय प्रज्ञा प्रतिष्ठान -आजीवन सदस्य
लेखन तथा अनुसन्धानः नेपाली काव्य गीत
निबन्ध बालसाहित्य,
नेपाली साहित्य सिद्धान्त र समालोचना, यो दुनिया तिम्रै हो,पहिलो
कविता. २०१० सालमा हिमाल पत्रिकामा प्रकाशित ।
प्रमुख कतिहरूः १. तीन घडा (काव्य
सङग्रह) २०४५,
२. देशको महिमा (खण्डकाव्य)
२०४६ ३. नव पल्लव (गीत सङ्ग्रह) २०४६. ४. सम्झना कुञ्ज(कविता,कान्य र गीतिको सग्रह) २०६६ ५. जीवन निकुञ्ज (कविता. कान्य र गीतिको
सङ्ग्रह) २०६७. ६. रचना कुञ्ज कविता, कान्य र गीतिको
सङ्ग्रह, भाग : १ र २) २०६८, ६९ ७.
मधुकुञ्ज कविता, काव्य सङ्ग्रह) २०००. का साथै थुप्रै
समालोचनात्मक कृति एवं सम्पादन कार्य ।
प्रमुख पुरस्कारः महेन्द्र विद्याभूषण, मदन पुरस्कार गोरखा दक्षिणबाहु लारी स्वर्ण पदक, रत्नश्री
पुरस्कार
प्रवृति : नेपाली समालोचनाका सम्राट, देशभक्त कवि, मानवतावादी, प्रकृतिप्रेमी,
भाषा एवं संस्कृतिप्रेमी अथकसाधक
वीर पुर्खा' कविताको मूल
भाव
' वीर पुर्खा ' कविता हाम्रो देशका महान् देशभक्त सपूतहरूलाई सम्बोधन गर्दै वीरहरूको
त्याग, तपस्या र बलिदानको
यशोगान गाइएको वीर रस प्रधान झ्याउरे लय (४+४+४+४=१६अक्षर) मा संरचित
उत्कृष्ट कविता हो । कविको देशभक्ति भावनालाई छताछुल्ल रुपमा पोखिएको यस कवितामा
आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिएर राष्ट्र र राष्ट्रियतालाई प्राणभन्दा
प्यारो ठानी देश र जनताको भलाइका लागि प्राण उत्सर्ग गर्ने ती महन् देशभक्त वीर पुर्खाहरूकै
योगदानले नै नेपाल विश्वमानचित्रमा स्वतन्त्र, स्वाधीन,
अखण्ड, सार्वभौम सत्ता सम्पन्न राष्ट्र बन्न
सकेको ऐतिहासिक तथ्यलाई मार्मिक रुपमा चित्रण गरिएको पाइन्छ । ऐतिहासिक कालखण्डमा
बाइसे चौबिसे राज्य रजौटाहरूमा विभाजित हाम्रो देश नेपाललाई एकताको मालामा उनी
सिङ्गो अखण्ड सुन्दर शान्त विशाल राष्ट्र नेपालको एकीकरण गरी राष्ट्रिय
स्वाधीनतालाई मजबुत बनाउने नेपाल आमाका देशभक्त सपूत शूरवीर विश्वविजेता बहादुर
वीर गोर्खाली नेपाली पुर्खाहरूको वीरताको गाथालाई मर्मस्पर्शी रुपमा सुन्दर चित्रण
गरिएको छ । नेपाल पुर्खाको रगत, पसिना, त्याग, तपस्या र बलिदानले आर्जेको मुलुक हो । हाम्रो
देश पुर्खाको त्याग र बलिदानको आधारस्तम्भ हो, जसलाई सबै
नेपाली मिली समृद्ध महल बनाई सजाउनुपर्छ, पुर्खाले देखाएको
राष्ट्रिय मार्ग अवलम्बन गर्नुपर्छ, जननी जन्मभूमिश्च
स्वर्गादपि गरियसी भन्ने उक्तिलाई मनन गर्नुपर्छ, भन्ने भाव
समेटिएको छ, यस कवितामा । नेपाली मानस्पटलमा सुषुप्त
अवस्थामा रहेको देशभक्ति भावना उजागर गरी वीरताको भावना एवम् राष्ट्रिय चेतना
जगाउने प्रयास गर्नु नै यस कविताको मूल भाव हो ।
भाव विस्तार
कुन पहाडले
कुन खोलाले तिम्रो गति छेकेथ्यो र
वीर पुर्खा !
कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको झै वेग
तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यो
नेपाल ! पहाड तराई जुट्न सक्यो ।
वीर पुर्खा कवितामा विश्वमा नेपाललाई
वीर गोर्खाली लडाकुको देश भनेर चिनाउने नेपाल आमाका महान् देशभक्त सपूतहरूको त्याग, तपस्या र बलिदानको यशोगान गाइएको छ । नेपाली वीर वीराङ्गनाहरूको वीरताको
मुक्त कण्ठले राष्ट्रिय स्तरमा उच्च प्रशंसा गरिएको छ ।। ऐतिहासिक काल खण्डमा
बाइसे चौबिसे राज्य रजौटाहरूमा विभक्त नेपाललाई एकताको मालामा उनी सुन्दर, शान्त र विशाल राष्ट्र नेपालका निर्माता नेपाली वीर पखाहरूको गौरवगाथा
गाइएको यस कवितामा वीर पुर्खाहरूले वैदेशिक हस्तक्षेपका विरुद्ध ज्यानको बाजी थापी
राष्ट्र र राष्ट्रियतालाई प्राणभन्दा प्यारो ठानी देखाएको शूरता र वीरताको
गाथालाई मुक्त कण्ठले गुणगान गाइएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान सुरु
गरेपछि सीमा विस्तार गरी विशाल नेपालको निर्माणका क्रममा पूर्वमा टिस्टा र पश्चिम
काँगडासम्म नेपालको राष्ट्रिय ध्वजा गाडेका थिए । नालापानीको खलामा नेपाल र अङ्ग्रेजबीचमा
युद्ध हुँदा विश्वप्रशंसित वीर पुर्खा अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुवँर
आदिले देखाएको अदम्य साहस एवं बहादुरीपन इतिहासको स्वर्णीम पानामा चम्किला अक्षरले
सजिएको छ । वीर पुर्खाहरूले दुस्मनको किल्लामा आक्रमण गर्दा बैरीसामु लड्दा भिड्दा
देखाएको अदम्य साहसलाई , त्यो तुफानी गतिलाई विश्वको कुनै
पनि तागतले रोक्न छेक्न सकेन । वीर पुर्खाको तुफानी गतिलाई कुनै पनि पहाडले वा
खोलाले छेक्न सकेन न त कनै आँधीले नै रोक्न सक्यो । वीर पुर्खाको अदम्य साहसका
अगाडि विश्वको कुनै पनि तागत टिक्न सकेन, गोर्खाली वीरको
सामु घुडा टेक्यो । हावामा कावा खाने गरुडको जस्तो उड्न सक्ने गति भएका शूर वीर ,
बहादुर गोर्खालीको वेगलाई कुनै पनि आकाशको तागतले वा विश्वको शक्तिले
नियन्त्रण गर्न सकेन । वीर पुर्खाहरूले अदम्य साहस र पौरखले नै पूर्व टिस्टादेखि
पश्चिम काँगडासम्म अनि हिमाल, पहाड र तराईलाई समेटेर सुन्दर,
शान्त विशाल राष्ट्र नेपाल रच्न सफल भएका थिए भन्ने कविको विचार
प्रकट भएको छ ।।
पूर्व टिस्टा
तिमीलाई सम्झी अझै रुन्छ होला
पश्चिम राबी
तिम्रो अझै रक्त धारा धुन्छ होला
काँगडा र कलङ्गाको
दुगा माटो बोल्छ होला
बीर
पुर्खा तिम्रो गीत गङ्गाभरि गुँज्छ होला
।
नेपालको स्वर्णीम इतिहासका महान् स्रष्टा
हाम्रा शूरवीर पुर्खाहरू राज्यको सीमा विस्तार गरी विशाल राष्ट्र नेपालको सिर्जना
गर्ने क्रममा पूर्वमा टिस्टासम्म पुगेर विजयको ध्वजा फहराएका थिए । पृथ्वीनारायण
शाहबाट थालिएको नेपाल एकीकरण अभियानसँगै नेपालको सीमा विस्तार गर्ने क्रममा वीर
पर्खाहरूले टिस्टालाई नेपाली भूमिमा गाभेका थिए तथापि बाध्य भई वि. स. १८७२ मा
नेपाल र अङग्रेजबीचमा सुगौली सन्धि भएपछि नेपालले लगभग एकतिहाई भूभाग गुमाउनु
परेको थियो । त्यही ऐतिहासिक स्मृतिलाई झलझली आँखामा सजाउँदै आफुलाई नेपालबाट अलग
भएर बस्नुपरेकोमा पीडा बोध गर्दै टिस्टा वीर गोर्खालीहरूलाई सम्झीसम्झी रुन्छ होला
। टिस्टाले नेपाली भूमिका रुपमा गौरवबोध गर्न नपाएकोमा गोर्खालीलाई सम्झेर बिलौना
गरिरहेको होला । आजसम्म पनि गोखोलीकै राज्य बन्ने अभिलाषा राखेर रुदै पर्खेको
होला । राज्य विस्तार गर्ने क्रममा युद्धरत अवस्थामा पश्चिम किल्ला काँगडामा
दुस्मनसँगको भिडन्तमा नेपाली वीरहरू घाइते भएर रक्त धारा बगाउँदा घाई बनी राबी
नदीले रक्तधारा धोएको थियो । अहिले पनि राबी नदीले पूर्वस्मृतिलाई मानस्पटलमा
सजाइरहेको होला ,
तिम्रो रक्तधारा घोहरहेको होला । पश्चिम किल्ला काँगडा र कलङ्गा
(खलङ्गा) मा वीर गोर्खालीहरूले देखाएको शुरता, वीरता,
अदम्य साहस एवं बहादुरीको बखान गरिरहन्छ होला । त्यहाँका बुढा र
माटोमा पनि गोर्खालीको अमिट छाप परेकाले त्यहाँको वातावरणले वीर पुर्खाको गौरवगान
गाइरहेको होला । हिमाललाई मुहान बनाएर सुसाउँदै बग्ने गङ्गा नदीले वीर पुर्खाहरूकै
यशोगान गुञ्जाइरहेका छन् होला । राबी अनि गङ्गा नदी लगायत त्यहाँको वातावरण र
परिवेशले वीर गोर्खाली सपूतहरूलाई सम्झिरहेका छन् अनि वीरताको गौरवगान गाजरहेका
छन् होला भन्ने भाव प्रस्तुत पद्यांशमा
पाइन्छ ।
डिगर्चामा
डोब तिम्रो चिसो हिउँभित्र होला
वेत्रावती
किनारभरि पौरखको चिनो होला
वीर पुर्खा !
तिमीलाई मितेरीले मात्रै बाँध्यो
सागर तरी
संसारभरि वीर गोर्खा रगत बग्यो ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण
शाहबाट थालिएको नेपाल राज्यको सीमा विस्तार गर्ने अभियान पृथ्वीनारायण शाहको
अन्त्यपछि पनि निरन्तर रुपमा अगाडि बढिरहेको थियो । पूर्वमा टिस्टा र पश्चिममा
काँगडासम्म फैलिएको नेपालको सीमा अझै विस्तार गर्ने क्रममा नेपाल र अङ्ग्रेज बीचमा
युद्ध हुँदा अदम्य साहस र बहादुरीका साथ लडेका वीर पुर्खाहरू बाध्य भई वि. सं १८७२
सालमा सुगौली सन्धि भई एक तिहाई भुभाग गुमाएर आहत हुन पुगेका थिए । नेपालीको
स्वाभीमानमा ठलो चोट पुगेको थियो । त्यसै गरी वि.सं. १८७२ तिर नेपाली वीर पुर्खाहरू
उत्तरतिर भोटतिब्बती क्षेत्रमा घमासान युद्ध लडेको थियो । नेपालको सीमा विस्तार
गर्ने क्रममा वीर पुर्खाहरू तिब्बतको डिगर्चासम्म पुगेर बहादुरीका साथ लडी विजय
हासिल गरेका थिए । नेपालीले विजय हासिल गरेको डिगर्चामा अहिलेसम्म पनि पौरखी पुर्खाहरूको
पाइलाको ढोव चिसो हिउँभित्र हुन सक्छ । वीर पुर्खाहरू बेत्रावती नदीको किनारैकिनार
गएर तिब्बतसँग युद्ध गरी विजय हासिल गरेकाले बेत्रावती नदीमा गोखोली वीरहरूको चिनो
अझै रहिरहेको हुन सक्छ भनी वीर पुर्खाको गौरवगान गाउँछन । अदम्य साहस भएका वीर
गोर्खालीहरूलाई ऐतिहासिक कालखण्डमा कतै पनि विश्वको तागतले परास्त गर्न नसकेको तर
सन्धि र सम्झौता गरी मित्रताको बन्धनले बाँधी सम्झौता बमोजिम जितेको भूमि फिर्ता
गर्नु परेको थियो जुन हार भने कदापि होइन, यदि लडाई नै भएको भए
पनि गोखलीले पराजय कदापि भोग्नुपर्ने थिएन भनी कविले सुगौली सन्धिको सङकेत गरेका
छन् । सुगौली सन्धिकै मर्मअनुसार नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती हुने गरेको
र बेलायत सरकारले खटाएअनुसार विभिन्न देशमा गएर बहादुरी प्रदर्शन गरिरहेका छन् ।
समुद्र तरेर संसारभरि वीर गोखालीको अदम्य
साहस र बहादुरी प्रदर्शन गरी रगत र पसिना बगाई विश्वभर गोखालीको सान बढाएका छन् ।
प्रथम र दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी प्रदर्शन गरी भिक्टोरिया क्रस जस्तो
बेलायतकै सबैभन्दा ठूलो उच्च सम्मान प्राप्त गरेका थिए ।
नाका थुनी
नेपालीलाई कसले छेक्न सकेथ्यो र
हिमालको
हिमनदी कसले रोक्न सकेथ्यो र
वीर पुर्खा !
तिमै रगत नेपालीका नसाभरि
उही गीत उही
गौरव चन्द्रसूर्य ध्वजाभरि ।।।
ऐतिहासिक कालखण्डमा नेपालमाथि पटकपटक वैदेशिक
हस्तक्षेप भएको पाइन्छ तथापि मातृभूमिलाई प्राणभन्दा प्यारो ठान्ने वीर
गोर्खाली देशभक्त, स्वाभिमानी नेपालीहरूले शत्रुलाई घुडा टेकाएकै गौरवशाली स्वर्णीम इतिहास
नेपालीको मन मस्तिष्कमा ताजा नै छ । वि. सं. १८७२ को सुगौली सन्धि हुनपूर्व
नेपालको पश्चिम सिमाना नालापानीको खलङ्गाको किल्लामा वि. स. १८०१ मा बलभद्र कुँवर,
अमरसिंह थापा, भक्ति थापा जस्ता महाबलीलगायतका
वीर पुर्खाहरूले घमासान युद्ध लडेका थिए । तीन हजार भन्दा बढी आधुनिक हातहतियारले
सुसज्जित अङ्ग्रेज फौजसँग भाला,खुकुरी, धनुकाँड जस्ता घरेलु हतियार र ढुङ्गामुडाको
भरमा युद्ध लड्दा आधा नेपाली मारिएर ३०० को सङ्ख्यामा हुँदा पनि पानी पनि नखाई
अदम्य साहसका साथ लडी वीरता प्रदर्शन गरेका थिए । अङ्ग्रेज सेनालाई पटकपटक परास्त
गरेका थिए, मेजर जनरल जिलेप्सीलाई समेत मारेका थिए । बलभद्र
र अमरसिंहलाई लोभलालच देखाउँदा अमरसिंहले म बाघको बच्चा डमरु हैन सिनो खाने कुत्ता
होइन भनेका थिए जुन कुराले नेपालीको छाती गौरवले फुल्दछ । कसैगरे पनि नेपालीलाई
जित्न नसकेपछि अङ्ग्रेजले पानीको मुहान अनि नाका थुनेर तड्पाएका थिए । अङ्ग्रेजले
त्यो हर्कत गर्दा पनि वीर पुर्खाले आत्मसमर्पण गरेनन् । स्वेच्छाले त्यो ठाऊँ छाडी
मुहानमा गएर पानी पिएका थिए । षड्यन्त्रको जालमा परी त्यो ठाँउ छाडेको तर
आत्मसमर्पण गरी हार नखाएको स्वाभीमान प्रकट गरे । हिमालको हिमनदी जस्तै तुफानी वेग
वा गति भएका हाम्रा वीर पुर्खाहरूको पाइलालाई कुनै पनि तागतले रोक्न, छेक्न सकेको थिएन । रोक्ने कुचेष्टा गरेपनि त्यो वैरीको दिवा सपना जस्तै
मुर्खता बन्यो । वीर गोर्खालीका सन्तती हामी नेपालीका नसानसामा पुर्खाको रगत
बगिरहेको छ। पुर्खाको शूरता र वीरत्वपन हामीमा पनि सल्बलाइरहेको छ । पुर्खाकै
गौरवगाथा मनन गरी पुर्खाको यशोगान गाउँदै चन्द्रसूर्य राष्ट्रिय ध्वजा बोकेर
अहिले पनि हामी नेपालीहरू राष्ट्र र राष्ट्रियतालाई आत्मसात् गर्दै राष्ट्रिय
गौरवगान गाइरहेका छौ भन्दै वीर पुर्खाको यशोगान गाइएको छ ।