नाम : गोपालप्रसाद रिमाल
जन्ममिति : वि. स. १९७५ जेठ १८ गते
जन्मस्थान : लगनटोल, काठमाडौँ
मातापिताः माता आदित्यकुमारी रिमाल र पिता
उमाकान्त रिमाल
मृत्यु : वि. सं. २०३० साल कार्तिक ८
गते, काठमाडौँ
शिक्षा : वि. सं. १९९१ सालको
प्रवेशिका परीक्षामा बोर्ड प्रथम, प्रमाणपत्र तहसम्मको अध्ययन गरेका हुन् ।
साहित्य यात्रा : वि. सं. १९९२ सालमा
शारदा पत्रिकामा पहिलो कविता प्रति प्रकाशन गरी साहित्ययात्रा सुरूवात गरेका हुन्।
आमाको सपना कविता वि. सं. २००० सालमा प्रकाशन,
प्रमुख कृतिहरुः
१. आमाको सपना ( कविता सङ्ग्रह, २०१८ )
२. मसान ( नाटक, वि. सं. २००३ )
३. यो प्रेम ( नाटक, लेखन : वि. सं. २००२, प्रकाशनः
वि. सं. २०१५ )
चर्चित
गीत : रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो.......
प्रमुख पुरस्कार, मान, सम्मान : वि. सं.
२०१८ को मदन पुरस्कार, आमाको सपना कविता सङ्ग्रहको लागि,
नेपाल सरकारले उनको चित्राङ्कित हुलाक टिकट प्रकाशन गरी सम्मान,
गोपालप्रसाद रिमालका
काव्यगत प्रवृत्तिहरु :
१. स्वच्छन्दतावादी
प्रगतिवादी धाराका सशक्त व्यङ्ग्य विद्रोही एवं क्रान्तिकारी कवि,
२. गद्य
कविताका प्रवर्तक,
उनका गद्य कवितामा मात्रिक छन्दमा पाइने साङ्गीतिक रम्यता र
गीतिपनको उपस्थिति पाइनु,
३. सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रका विकृति विसङ्गति,
शोषण, दमन, अन्याय,
अत्याचार एवं निरङ्कुशताको अन्त्य गरी स्वस्थ समाजको निर्माणका लागि
क्रान्तिको आह्वान गर्दै कवितामा क्रान्तिचेतलाई प्रतीकात्मक रुपमा अभिव्यक्ति
दिनु,
४. प्रतीकवादी
कवि रिमालले प्रकृतिका अनेक बिम्बहरु र प्रेम, दाम्पत्य तथा
वात्सल्यका अनेक प्रतीकका माध्यमबाट क्रान्तिको गीत गाउनु,
५. उनका
कवितामा स्वच्छन्दतावादी भाव, प्रगतिवादी चिन्तन, नवीन गद्य शैली, क्रान्तिकारी विचार, व्यङ्ग्य विद्रोह, स्वतन्त्रता, समानता, जातीय स्वाभिमान, राष्ट्रियता,
मौलिकता, सामाजिक सचेतना, प्रगतिवादी मानवतावादी विचार, नारीप्रति सहानुभूति
एवं समर्थन, गद्यलयात्मकता, सरल,
सरस, सहज शब्दचयन एवं अर्थगत सामञ्जस्यता आदि
।
'आमाको सपना'
कविताको मूल भाव :
v आमाको
सपना'
कविता वि. सं. २०१९ को मदन प्रस्कार प्राप्त कृति ‘आमाको सपना' कविता सङ्ग्रहभित्र सङ्कलित छ।
v वि.
सं. २००० सालमा शारदा पत्रिकाको कात्तिक अङ्कमा प्रकाशित 'आमाको सपना' कवितामा नेपाल आमाले देखेको परिवर्तनको
गहिरो सपना प्रस्तुत भएको छ।
v यो
प्रगतिवादी चेत भएको उत्कृष्ट कविता हो । गद्य कविताको क्षेत्रमा एउटा इतिहास रच्न
सफल यो कविता आमा र छोरा बिचको संवादात्मक शैलीमा प्रस्तुत छ।
v परिवर्तन
हिउँ र आगोभन्दा बढता छोइने अर्थात प्रत्यक्ष अनुभव गर्न र उपभोग गर्न सकिने गरी
प्रभावकारी रूपमा आउने कुरा आमाले उद्घोष गरेकी छन् ।
v क्रान्तिले
हरेक पत्रमा चेतनाको बीज रोपिदिने र क्रान्तिको प्रभावलाई सहन, महत्त्वलाई बुझ्न र परिणामलाई
ग्रहण गर्न सक्ने क्षमताको विकास हुने भन्दै आमाले छोरालाई परिवर्तनको पक्षमा
लाग्न हौसला दिएकी छन्।
v क्रान्तिको
कारण हरेक छोराहरू निडर,
आत्मविश्वासी र स्वावलम्बी बन्न सक्ने साथै आफ्नो अस्तित्वको
पहिचान र संरक्षण गर्न सक्ने आशावादी भाव आमामार्फत व्यक्त भएको छ।
v राणा
शासन विरुद्धको क्रान्ति हुरीझै तीव्र गतिमा आउने र हरेक नेपाली सपूतहरूले त्यसलाई
पात भएर पछ्याउने कुरा कवितामा गरिएको छ।
v कविताले
जनक्रान्तिलाई जून र अत्याचारलाई जडताको संज्ञा दिँदै राणा शासनको अन्त्य र
प्रजातन्त्र प्राप्तिको स्पष्ट सङ्केत गरेको छ।
v प्रत्येक
पुत्रको जन्मसँगै उसको अनुहारमा परिवर्तनको संवाहक बन्ने सपना देखे पनि तत्कालीन
समयसम्म त्यो सपना साकार भई नसकेको र निकट भविष्यमा राजनीतिक जडता विरुद्ध जन्मने
क्रान्तिको पक्षमा सारा देशवासीहरू उर्लिएपछि आमाको सपना साकार हुने भविष्यवाणी
कवितामा गरिएको छ।
v कवितामा
परिवर्तनको लागि हरेक नेपाली सन्तानहरू स्वतःस्फुर्त रूपमा सङ्ग्राममा आँटिला भएर
जुट्ने कुरामा आमा विश्वस्त देखिन्छिन् भने चराहरूको चिर्विरले सजिएको बिहानीझै
प्रजातन्त्र र स्वतन्त्रता उज्यालो छर्दै आउने र आफू त्यसको व्यग्र प्रतीक्षामा
रहेको कुरा छोराले गरेका छन् ।
v 'आमाको सपना' (२०१८) कवितासङ्ग्रहमा रहेको शीर्ष
कविता, चर्चित कवितामध्येको एक
v गद्य
लयमा संरचित सामाजिक विषयवस्तुका माध्यमबाट राष्ट्रप्रेमको भावना अभिव्यक्त
v आमा
र सन्तानको संवादात्मक शैलीका माध्यमबाट प्रस्तुत गरिएको
v क्रान्ति
अर्थात् परिवर्तन आउने र उक्त परिवर्तनले उज्यालो छर्दै जनताको जीवनरक्षा गर्ने र
स्वतन्त्रता दिलाउने कार्यपश्चात् आमाको सपना पूरा हुने भाव व्यक्त ।
कवितामा
उल्लेख गरिएका मुख्य विषयवस्तु
(क)
शीत जस्तै टल्कने एक हतियार कम्मरमा
झुन्ड्याएर क्रान्तिपुत्र आउने
(ख)
बिहानको सूर्यझैँ उज्यालो छर्दै आउने
(ग)
हिउँ र आगोभन्दा बढ्ता छोइने भएर आउने
(घ)
हुरी भएर आउने
(ङ)
जनताले उसलाई पात भएर पछ्याउनुपर्ने
स्थितिको सिर्जना गरेर क्रान्ति अर्थात् परिवर्तन आउने
(च)
अधर्मसित लड्नका लागि आउने
(छ)
आमाको सपना साकार पार्न क्रान्तिदूत
भएर आउने
(ज)
जनताले जीवनरक्षाका लागि अर्को आश्रय
खोज्नुपर्ने अवस्थाको अन्त्य गर्ने
(झ)
सम्पूर्ण जनतालाई स्वतन्त्रता दिलाउने
।
शारदा पत्रिकामा वि. सं. २०००
सालमा पहिलो पटक प्रकाशित यो कविता आमाको सपना कवितासङ्ग्रह (२०१८) मा सङ्ग्रहीत छ
। वि. सं. १९८७ सालको सहिदकाण्डपछि राजनीतिबाट प्रभावित भई नेपालमा प्रजातन्त्र
स्थापनाका लागि क्रान्तिको आह्वान गरेर रचिएको यो कविता क्रान्तिचेतनाले भरिएको
क्रान्तिकविता हो । २००७ सालको क्रान्तिको पूर्वगानका रुपमा रचिएको यस कवितामा
क्रान्तिपूर्वका क्रान्तिप्रतिका आशङ्का र संशयका साथै कुनै दिन निश्चित रुपमा
क्रान्ति आउने र निरङ्कुशताको अन्त्य भई शोषणमुक्त प्रजातान्त्रिक समाजको निर्माण
भई क्रान्तिका सपनाहरु परिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ । क्रान्तिविना
शान्ति हुँदैन,
अधर्म, असत्य र अन्यायको अन्त्य धर्म, सत्य र न्यायको स्थापनार्थ क्रान्ति अवश्यंभावी छ । एक न एक दिन
क्रान्तिको आँधीबेहरी, तुफान आई कालरात्रीको अन्त्य भई
सुनौलो विहानीको आगमन भएरै छाडछ भन्ने कटु सत्यलाई नेपाल आमाका माध्यमबाट यस
कवितामा उद्घाटन गरिएको छ । यस कवितामा कविले नेपाल आमालाई आमाका रुपमा लिएका छन्
भने नेपाल आमाका सन्तानलाई छोराका रुपमा लिएका छन् । त्यो सर्वनामले क्रान्तिलाई
सङ्केत गरिएको छ । यहाँ आमाले देखेको 'त्यो आउने विश्वासको
सपना क्रान्तिको सपना हो ।
आमा र छोरा दुई पात्रका विचको
संवादका रुपमा लेखिएको यो कवितामा आमाको क्रान्तिको सपना एक दिन अवश्य साकार हुने
छ,
अन्धकारलाई समाप्त पार्दै सूर्य उदाएजस्तै भविष्यमा क्रान्तिपुत्र
जन्मने छ र क्रान्ति गरी उसले समाजका शोषण, दमन, अन्याय, अत्याचार र अधर्मसँग लडेर धर्मस्थापना गर्ने
छ, निरङ्कुशता एवं कुशासनको अन्त्य गरी प्रजातान्त्रिक
समाजको निर्माण गर्ने छ भन्दै आमाले छोरालाई विश्वस्त बनाएकी छिन् ।
क्रान्तिप्रति अवश्यम्भावीताको विश्वास प्रकट भएको छ अनि क्रान्तिमा जनजीवनलाई
प्रखर रुपमा प्रभावित पार्ने शक्ति र
सामर्थ्य हुन्छ नै । जव क्रान्ति आउँछ तव हिउँ र आगोभन्दा पनि बढ्ता भएर आउँछ ।
हामीले सहनै नसक्ने गरी हिउँको चिसोपन र आगोको तातोपन सामर्थ्य बोकी क्रान्ति
आउने विचार व्यक्त भएको छ । नेपाल आमाले
हरेक पुत्रलाई जन्माउँदा क्रान्तिपुत्र नै हो कि भनेर कलिलो अनुहारमा क्रान्तिको
चमक देख्ने आशा गरेकी, क्रान्तिपुत्र हो कि भनी अनुहारमा क्रान्तिको छायाँ अपेक्षा गर्दै
क्रान्तिपुरुष जन्मने पर्खाइमा सपना देखेकी छिन् । जसरी एउटी आमाले प्रत्येक पटक
सन्तान जन्माउँदा सुपुत्र जन्मला र आफ्नो दुःख मोचन गर्ला भन्ने सपना देख्दै
नवजात शिशुको मुहार हेर्छिन् अनि सुपुत्रको कामना गर्छिन् तर स्वप्निल सन्तान
नजन्मे तापनि कुभलो कहिल्यै चिताउँदिनन् वरु सुन्दर भविष्यको कथा सुनाउँदै काखमा
राखेर भावी सुपुत्रको सपना देख्ने गर्दछिन् । त्यसैगरी नेपाल आमाले पनि
क्रान्तियोद्धा सपुतको जन्म नहुँदासम्म प्रतिकूल परिस्थितिमा अविचलित बनी आफ्नो
मुहार हँसाउन सक्ने क्रान्तिपुत्र अवश्यम्भावी जन्मने आशमा सन्ततिलाई जन्म
दिइरहेकी नेपाल आमाको सजीव चित्र उतारिएको छ, यस कविताका ।
जव क्रान्तिपुत्र जन्मने छ, तव पहिलेका जस्ता काखमा लुटपुटिएर वस्ने छैनन् । क्रान्तिपुत्रको जन्म
भएपछि तिमीले आफ्नै आँखाले देख्नेछौ, सहन नसकी ग्रहण गरी
जाग्ने छौ । क्रान्ति हुरी भई आएपछि नेपाल आमाका छोराहरु पातहरु हुरीको पछि
लागेझै क्रान्तिपुत्रकै पछि लाग्ने छन् । हुरीसँगै बत्तिँदै पछ्याउँदै दगुर्दै
जाने छन् । कविले आमाका माध्यमवाट आजसम्म क्रान्तिपुत्र जन्मन नसकेको तर भविष्यमा
जन्मने त्यो सन्तान आजको जस्तो कमजोर हुने छैन बरु ऊ हिउँ र आगोभन्दा पनि बढ्ता
छोइने भएर आउने छ । आजसम्मका सन्तानहरुलाई क्रान्तिको मिठो गीतले आफ्नो बाँसुरी
बनाउन नसकेकोमा दुःख प्रकट गर्दै क्रान्तिपुत्रको आगमनले मानव समाजका सारा
अँध्यारा र जडताहरु समाप्त पारी सूर्योदयको किरणले संसार उज्यालो पारेजस्तै
समाजलाई उज्यालो बनाउने छ । क्रान्तिपुत्र जन्मेपछि कसैले चियाउनु पर्दैन
क्रान्तिपुत्र त सूर्यजस्तै उज्यालो चमक लिएर आउने छ । जसरी सुनौलो विहानीसँगै
सूर्य उदाउने कुरा ध्रुवसत्य छ, त्यसैगरी क्रान्तिपुत्र पनि जन्मने छ, उदाउने छ ।
जसको अनुसरण युगीन सन्तानहरुले गर्दै जाने छन् भन्दै आमाले छोराको क्रान्तिप्रतिको आशङ्का निवारण गरी
निरङ्कुश जहानिया राणाशासनको अन्याय, अत्याचार, शोषण र दमनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि क्रान्तिको महान्
योद्धा, निडर र निर्भीक सपुतले नै क्रान्तिको आँधीबेहरी
ल्याई निरङ्कुशतालाई वढार्ने छ भन्ने राष्ट्रिय मुक्तिको चाहना व्यक्त भएको छ।
नेपाल देशलाई आमाको सम्मान
दिइएको यस कवितामा युवावर्गलाई छोराको सम्बोधन गरिएको छ । आमा र छोराको संवादात्मक अभिव्यक्तिमा नै क्रान्तिको
वर्णन गरिएको छ । सत्य,
धर्म, न्यायको स्थापनाको लागि क्रान्ति
हुनैपर्ने भन्दै निरङ्कुश जहानियाँ राणाशासनको विद्रोह घन्काउँदै राणाशासनको
अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्नका लागि अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध
आवाज उठाएर देश र जनताको मुक्तिका लागि प्राणको वाजी थापेर लड्नुपर्ने भाव व्यक्त
गरी देशभक्ति भावना उजागर गर्नु नै यस कविताको मूल भाव हो । हामी सबै आफनो
व्यक्तिगत स्वार्थभन्दा माथि उठी राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठानी जननी
जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने उक्तिलाई मनन गरी राष्ट्रिय मुक्तिको मार्ग
अवलम्वन गरी सच्चा देशभक्त क्रान्तियोद्धा सपुत वन्नुपर्ने सन्देश यस कविताले
प्रवाह गरेको छ । क्रान्तिविना कालरात्रीको अन्य नभै सुनौलो विहानी आउन नसक्ने
कटु सत्य उद्घाटन गरिएको छ । नेपाल आमाले देशभक्त सपुतले जन्म लिई क्रान्तियोद्धा
बनी निरङ्कुशताको वन्धनवाट आफूलाई मुक्ति दिलाउने आफ्नो सपना नेपाली छोरालाई व्यक्त
गरेको विषयवस्तुअनुसार शीर्षक सार्थक छ । गद्य भाषा, वाह्य
दृष्टिविन्दु संवादात्मक एवं प्रश्नोत्तर शैलीको प्रयोग भएको यस कवितामा बिम्ब,
प्रतीक एवं रुपक, उपमा आदि अलङ्कारको प्रयोग,
सरल, सरस, सहज, बोधगम्य शब्दावली, भावको सहज प्रवाह, शैलीशिल्पको सुन्दर संयोजन एवं विचारप्रधान र प्रतीकात्मक दृष्टिकोणले पनि
उच्च कोटिको कविता हो ।