Ø को ?
कसले ?
कसलाई ?
भन्ने प्रश्नका उत्तरमा
आउने पद :- हरि, सीता, केटाले, बहिनीले, साथीलाई, बाबालाई।
Ø के ?
केले ?
केलाई ?
भन्ने प्रश्नको उत्तरमा
आउने पद :- रुख, जनावर, गाईले, गोरुले, भैंसीलाई, वाख्रालाई ।
Ø सर्वनामबाहेक 'हरू'जोडिएका पद : किताबहरू, भाइहरू, फोटाहरू, राँगाहरू ।
Ø ‘आइ',
'आई',
'याइँ'
प्रत्यय लागेका पद: पढाइ, लेखाइ, रजाइँ, बठ्याइँ, बुढ्याइँ।
Ø 'नु'
प्रत्यय लागेका पद: पढ्नु, लेख्नु, रुनु, खानु, जानु, बस्नु, नाँच्नु, बोल्नु ।
Ø 'ता/त्व','पन/पना'
प्रत्यय लागेका पद: मानवता, दानवता, देवत्व, अल्छीपना, नेपालीपन ।
सर्वनाम
Ø म, हामी
Ø तँ, तिमी, तपाईं, हजुर, तिमीहरू तपाईंहरू, हजुरहरू
Ø ऊ, उनी, उनीहरू, त्यो, तिनी, तिनीहरू, यो, यिनी, यिनीहरू
Ø को, के, कुन, कोको, केके, कुनकुन, केही
Ø जो, जे, जुन, जोजो, जेजे, जुनजुन, जोसुकै, जेसुकै, जुनसुकै
Ø आफू, आफै, स्वयम्, निज
विशेषण
Ø कस्तो,
कत्रो,
कति,
कुन,
कस्को भन्ने प्रश्नको
उत्तरमा आउने शब्द : असल, राम्रो, खराब, ठूलो, सानो, अग्लो, होचो, रातो गुलियो,नयाँ, पुरानो, पहिलो, दोस्रो, यो, त्यो
Ø षष्ठी विभक्तिका चिन्ह (को,का,की, रो,रा,री, नो,ना,नी)
लागेका शब्द : उसकी, रामका, हरिको, मेरो, तिम्रा, राम्रा, आफ्नो, आफ्नी, आफ्ना
Ø 'ने'
प्रत्यय लागेका शब्द: पढ्ने, खेल्ने, नाच्ने........।
Ø एको,
एका,
एकी प्रत्यय लागेका नाम वा
सर्वनामको अगाडि आउने शब्दः पढेका, लेखेका, नाचेकी, हाँसेकी, रोएको .... ।
Ø इक,
इत,
ईय,
इलो,
आलु,
आरु प्रत्यय लागेका शब्द :सामाजिक, नैतिक, शैक्षिक, चिन्तित, लक्षित, मानवीय, दानवीय,रसिलो, नुनिलो, हसिलो, पोषिलो, दयालु, मायालु, सिकारु ।
Ø ली,
एली,
ई प्रत्यय लागेका शब्द :पाल्पाली, झापाली, गुल्मेली, जुनेली, नेपाली ।
Ø नामपदभन्दा अगाडि आएका
सर्वनाम :यो केटो, यी बालकहरू, त्यो माग्ने ।
क्रियापद
Ø वाक्य टुङ्ग्याउने शब्द
क्रियापद हुन् : भाइले खाना खायो।
Ø क्रियापद पूर्णविराम (।),
अल्पविराम (,),
र संयोजकभन्दा अगाडि आउँछन् ।
Ø ऊ घर गयो, जुता खोल्यो र भान्साकोठामा पस्यो।
Ø क्रियापद वाक्यको अन्त्यमा
प्रयोग हुन्छन् तापनि अन्त्यमा निपात प्रयोग भएको छ भने निपातभन्दा अगाडि क्रियापद
रहन्छन् ।
Ø तिमी घर जाऊ रे ।
Ø यी फलफूल खाऊ न ।
नामयोगी
Ø नाम,
सर्वनामसँग जाडिएर आएका शब्द
नायोगी हुन् ।
Ø रामसँग,
हरिविना,
खोलातिर,
दालसहित,
पैसाबेगर,
बुटवलसम्म (नामसँग जोडिएर आएका)
Ø तिमीसित,
मबाहेक,
उनीसमेत,
ऊसमान,
तिमीमात्र
(सर्वनामसँग जोडिएर आएका)
Ø एउटै डिकोमा लेखिएका शब्दको
पछिल्लो शब्दमा मात्र रेखाङ्कन गरेको छ भने रेखाङ्कित शब्द नामयोगी हुन् ।
क्रियायागी
Ø क्रियापदलाई निम्नानुसार
प्रश्न गर्दा आउने उत्तर क्रियायोगी हुन् ।
Ø कहाँ ?
: यहाँ, त्यहाँ, वर, पर, तल, माथि, मुनि, अगाडि, पछाडि ....... ।
Ø कहिले ?
: हिजो, आज, भोलि, पर्सि, अघि, पछि, ............... ।
Ø किन ?
: पढ्न, लेख्न, बस्न, रुन, गरेकाले, हाँसेकाले ..............
।
Ø कति ?
: धेरै, थोरै, अलिकति, ज्यादै, सबै ......... ।
Ø सबै अनुकरणात्मक शब्द
क्रियायोगी हुन् (कसरी ? प्रश्नको उत्तरमा आउने) : फटाफट, कपाकप, सरासर, गामगुर्लुम, मुसुमुसु, धुरुधुरु,भुर्र, गुरुर्र, सिर, सिरसिर, गजक्क, धुम्म, थ्याच्च, पिटिक्क, किटिक्क, वाल्ल, टिन्न ।
Ø धातुमा निम्नानुसारका
प्रत्यय लागेर बनेका शब्द क्रियायोगी हुन् ।
Ø ई : पढी, खेली, गाई, आई, हिंडी.................... ।
Ø एर : पढेर, खेलेर, खाएर, आएर गाएर ............. ।
Ø न : हेर्न, पढ्न, खान, बस्न, रन आउन ......... ।
Ø दै दा : पढ्दै, लेख्दै, सुन्दै, हाँस्दै, खाँदा, पढ्दा ..... ।
Ø इन्जेल उन्जेल : पढुन्जेल, बसुन्जेल, खाइन्जेल ....
।
Ø एकाले : पढेकाले, लेखेकाले, खाएकाले
Ø अरी : राम्ररी, बेसरी, यसरी, उसरी, कसरी .........।
Ø माथि, मुनि, तल, अगाडि, पछाडि आदि
शब्द नाम, सर्वनाम, विशेषणसँग जोडिएर आएमा नामयोगी र अलग्गै आए क्रियायोगी हुन्छन् ।
नामयोगी क्रियायोगी
घरअगाडि आगन छ। तिमी अगाडि जाऊ त।
घरपछाडि बगैंचा छ। तिमी पछाडि नजाऊ।
खोलापारि खेत छ। राम
पारि गयो।
परिमाणबोधक विशेषण नामको अगाडि आएर नामको परिमाण वा मात्रा बुझाए
विशेषण र क्रियापद, विशेषण, क्रियायोगीको अगाडि आई क्रियापद, विशेषण र क्रियायोगीको
विशेषता बुझाउँदा क्रियायोगी हुन्छन् ।
विशेषण क्रियायोगी
बहिनीले धेरै तरकारी पकाई। बहिनीले धेरै मिठो तरकारी पकाई ।
भाइले निकै काम गर्यो। भाइले निकै
धेरै काम गर्यो ।
म निकै तल झरेछु ।
संयोजक
वाक्य संयोजन गर्ने (जोड्ने)
शब्दहरू संयोजक हुन् ।
र, तर, तापनि, पनि, अनि, कि, वा, अथवा, तथा, तथापि, किनकि, परन्तु, किनभने, भने, जो-त्यो, जुन-त्यो, जब त्यसरी आदि।
विस्मयादिबोधक
हर्ष, आश्चर्य, दुःख, घृणा, प्रसंशा आदि बुझाउने शब्द विस्मयादिबोधक हुन् । यी शब्दको पछाडि
विस्मयसूचक चिन्ह आउँछ ।
छि ! धत् ! स्यावास् ! आहा ! कठै ! विचरा ! हरे शिव !
राम राम ! हुरै !
निपात
आफ्नो अर्थ नभएका तर वाक्यमा प्रयोग भएपछि अर्थ परिवर्तन गर्न सक्ने
क्षमता भएका शब्द वाक्यबाट निपात हटाउँदा पनि वाक्यको संरचना फरक पर्दैन ।
नि, लौ, ए, त, पो, खै, र, क्यारे, ए, अ, हगि, है, ल
रेखाङ्कित पदको पदवर्ग छुट्याउनुहोस् ।
क)
स्यावास् ! तिमीले साहसिक काम गर्यौ अनि देशको
इज्यत राख्यौ।
स्यावास् = विस्मयादिबोधक
तिमी = सर्वनाम
गर्यौ = क्रियापद
ख)
हरे
! हामी नेपाली जनता किन प्राकृतिक विपत्तिबाट झनझन सताइन्छौँ
है।
हरे - विस्मयादिबोधक
हामी - सर्वनाम
प्राकृतिक - विशेषण
सताइन्छौँ - क्रियापद
है - निपात
ग)
तिनीहरू
छिमेकीसित मुक्तिनाथ गएछन् र त्यहाँको सुन्दर वातावरणमा
रमाएछन्।
घ)
मैले
भनेको कुरो नमानेर रामले साहे दुख पायो नि।
ङ)
आज
त कोही आएन तर घरभरि मान्छे भएजस्तो छ।
च)
आफू
त डुबियो तर अरू मान्छेलाई के डुबाउन भनेर मोटो
मान्छे बाटो लाग्यो।
छ)
धत्
! तिमीचाहिँ काम नलाग्ने मान्छे पो रहेछौ त !
ज)
अब
धेरै कुरा नगरौं, बेलुका घरमा बसेर गफ गरौंला।
झ)
आफ्नो भाषाप्रति जति बढी मोह हुन्छ त्यति नै
हामीलाई त्यस भाषामा लेखिने साहित्यमा अभिरुचि तीव्र हुन्छ।
ञ)
त्यो
केटो पढाइमा मात्रै नभएर सामाजिक व्यवहारमा पनि निकै असल भएकाले
गर्दा नै उसलाई सबैले मन पराउँछन् ।
ट)
नेपाल प्राकृतिक सम्पदामा धनी भएर पनि
विकासशील राष्ट्रको रूपमा चिनिनु हामी नेपालीका लागि दुःखको विषय पो बनेको
छ।
ठ)
रामलाई शोभाले एउटा
कचौरामा चिउरा, जिलेबी हालेर दिइन् र आफू लुगा उठाउन कौसीतिर गइन्
।
ड)
उसले मसँग भन्यो,
आफ्नो देशमै बसेर भनेजस्तो
काम गर्न पाइए किन पो विदेश जानुपर्थ्यो र?
ढ)
हाम्रो देशमा संविधान बन्यो तर यसलाई राम्ररी
कार्यान्वयन गर्न अझै सकिएको छैन । लौ अब यतातिर सबैको ध्यान जानुपर्यो।